तरहरा । सामान्यतया मानिसले आफ्नो बिवाहमा भोजभतेरसँगै मादक पदार्थमा खर्च गर्ने गर्दछ तर सुनसरीको इटहरी उपमहानगरपालिका अन्र्तगत तरहरा निवासी बहत्तर लिम्बुले आफ्नो बिवाहको खर्च त्यस्तो ब्याक्तीलाई प्रदान गरेका छन जो अहिले उपचारको अभावमा छटपटिरहेका छन ।
उनले तरहरामै बसोबास गर्दै आएका बिगत लामो समयदेखि स्पाइनलका बिरामी पारस मोती परियारलाई रू ७२ हजार रकम उपचारका लागि सहयोग गरेका छन । लिम्बुले आफ्नो बिवाहमा आफन्त र नातागोतालाई बोलाएर भोज खुवाउनुको सट्टा सबैको उपस्थितिमै उक्त रकम उपचार खर्च नपाएर छटपटिरहेका परियारलाई प्रदान गरेर समाजमा उदहारणीय काम गरेर देखाएका छन । 


बुधबार बैवाहिक बन्धनमा बाँधिएका लिम्बु र उनकी श्रीमती शोभा लिम्बुले सो रकम पिडित परियारलाई उपचार खर्च भन्दै हस्तानतरण गरेका हुन । परियारलाई उपचारका लागी सहयोग माग्न जाँदा कसैले सहयोग नगरेका कारण आँफूले सो रकम सहयोग गरेको लिम्बुले बताए । यता लामो समयदेखि स्पाइनलका बिरामी मोती परियार उपचार खर्च अभावमा छटपटिरहेका छन । उनले आफ्नो उपचारका लागि भारतीय रू २ लाख लाग्ने हुँदा आफुसंग सो रकम नभएको र देश एवम बिदेशमा रहेका नेपालीहरूबाट सहयोग पाए नयाँ जिवन पाउने आशा गरेका छन ।

तपाईको प्रतिक्रिया