बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं २ लालभित्तीबाट २ महिना अघिदेखि हराएका एक बालक अझै बेपत्ता रहेका छन । स्थानीय ११ बर्षका बालक राम थापा आफ्नै घरबाट गत मङ्सिर १६ गते देखि हराइरहेका छन । उनी हराएको २ महिना बितिसकेको छ । यति लामो समयसम्म उनी फेला परेका छैनन । यति लामो समय सम्म उनी फेला नपर्नुमा कुनै रहस्य हुनसक्ने केही ब्यत्तिहरु बताउँछन । उनलाई कसैले लुकाएको हुनसक्ने समेत आशंका रहेको छ ।

बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बिहिबार रामको परिवारलाई भेटेकी छिन । उनले स्थानीय प्रशासनलाई खोजी तथा अनुसन्धानका निम्ति थप पहल गर्न आग्रह समेत गरेकी छिन । इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक ईन्स्पेक्टर रामजी कटुवालले बालक हराएको सुचना प्राप्त भएको बताएका छन ।

तपाईको प्रतिक्रिया