काठमाण्डौ, माघ २६ । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । एक दिवसीय क्रिकेट छनौटका लागि दुई शीर्ष स्थानमा रहन नेपालले ओमनलाई पराजित गर्नुपर्ने छ । आफ्नो पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा हारेको ओमान पनि नेपाललाई हराउँदै जित निकाल्ने दाउमा हुनेछ । हिजो भएको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर कठिनले पुरा गरेको हो । ४९औं ओभरमा नेपालले जोडेको १३ रन नेपालको जितमा महत्वपुर्ण सावित भयो । यहि ओभरमा बशन्त रेग्मीले नेपाली इनिङको एकमात्र छक्का प्रहार गरेका थिए । ५०औ ओभरको पहिलो बलमा २ रन लिएका बशन्तले दोस्रो बलमा चौका हान्दै स्कोर बराबरीमा पु¥याए । नामिबियाका बलर जान फ्राइलिङले वाइड बल फालेपछि नेपाल ४ बल बाँकी हुँदै १ विकेटको जित निकाल्न सफल भएको हो ।

यसअघि हिजो भएका अन्य खेलमा क्यानडा र युएइ विजयी भएका थिए । नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन ।

तपाईको प्रतिक्रिया