काठमाडौँ । नेपालले आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा नामिबियामाथि रोमाञ्चक एक विकेटको जित दर्ता गरेको छ । नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । नेपालले ४९।२ ओभरमा नौ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो । जान फ्याकिंलनले ४९।२ ओभरमा वाइड फ्याँकेपछि नेपाल एक विकेटले विजयी भएको हो ।

नेपालले आफ्नो लक्ष्य ४ बल बाँकीं छँदा पुरा गर्न सफल भएको हो । ओपनर दिलिप नाथ तथा आरिफ शेख खाता नखोली पभेलियन फर्के । त्यस्तै १५ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल र १९ रन जोडेका कप्तान पारस खड्का पनि क्रिजमा जम्न सकेनन् । शरद भेषावकरले नेपालका लागि सर्वाधिक २९ रन जोडे भने आज डेब्यु गरिरहेका रोहित पौडेलले १७ रन बनाए ।

दिपेन्द्र ऐरी ६ रन, करन केसी ३ रन र सोमपाल कामीको १३ रनमा आउट भए । तर वसन्त रेग्मीको २४ रनको योग्दान नेपालको जितको आधार बन्यो । वसन्तले ४९ औं ओभरमा छक्का तथा अन्तिम ओभरमा चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित सुनिश्चित गरेका थिए । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ४ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया