फागुन ११ – आर्सनल र एथलेटिको मड्रिड युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ मा प्रवेशका लागि बिहीबार रातिका भएको दोस्रो लेगमा स्वीडिस क्लब अस्टरसन्डसँग २–१ गोल अन्तरले पराजित भए पनि आर्सनल समग्रमा ४–२ गोल अन्तरको जित निकाल्न सफल भयो ।

अघिल्लो साता भएको पहिलो लिगमा आर्सनल ३–० गोल अन्तरले विजयी भएको थियो । आर्सनल घरेलु मैदानमा भने पराजित हुन पुग्यो । पहिलो हाफको २२ र २३ औँ मिनेटमा गरि २ गोल खाएको आर्सनलले दोस्रो हाफको सुरुमै एक गोल फर्कायो । यस्तै बिहीबार राति नै भएको दोस्रो लेगमा एथलेटिको मड्रिडले कोभिन हेभनलाई १–० ले हराउँदै समग्रमा ५–१ गोल अन्तरको नतिजासहित प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।.

एथलेटिकोका लागि केभिन गमेरियोले सात औँ मिनेटमा गरेको गोलनै निर्णायक भएको थियो । यसअघिको पहिलो लेग ४–१ गोल अन्तरले एथलेटिकोले जितेको थियो । त्यस्तै फाबियो बोरिनीको गोलको सहयोगमा इटालियन क्लब एसी मिलानले बुल्गेरियाली क्लब लुडोगोरेसलाई हराउँदै प्रि–क्वार्टर फाइनलमा स्थान बनाएको छ । पहिलो लिग उसले ३–० ले जितेको थियो ।-उज्यालो बाट

तपाईको प्रतिक्रिया