१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – पछिल्लो समय विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको छ । एक सूचना जारी गर्दै ब्यूरोले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा जोखिम हुनसक्ने भएकाले सतर्क अपनाउन आग्रह गरेको हो ।

‘पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमाे लगायतका विभिन्न साेसल एप्समार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेज गरी मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहहको गोप्य सूचना लिने तथा तपाईलाई चिठ्ठा परेको छ भन्दै ट्याक्स क्लियरेन्स गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेकाे ब्यूराेले जनाएकाे छ ।

यस्ता भ्रामक कुरामा विश्वास नगर्न साथै कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड र ओटीपी वा संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिई प्रविधिको दुरुपयोग तथा ठगी हुन बाट सतर्कता अपनाउन ब्यूरोले अनुरोध गरेकाे छ ।

साथै नेपाल राष्ट बैंक भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्धारा समय समयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा जारी भएका सूचना समेतबाट जानकारी लिन ब्यूरोले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]