काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेल विश्वका टप १८ कमेडियनमा परेका छन् । सदावहार रुपमा चर्चामा आइरहने कलाकार गजुरेल हालै वैवाहिक सम्बन्धका कारण चर्चामा आएका छन् ।
मनोज दुखका समाचारहरुबाट भन्दा पनि सुखका समाचार र हाँस्य व्यंग्य क्षेत्रबाट स्वदेश तथा विदेशमा समेत चर्चित बनेका हुन् ।
प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र, केपी ओली लगायतका शीर्ष नेताहरुको जस्ताको त्यस्तै अभिनय गर्न सक्ने मनोज पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेर विश्वभर चर्चामा रहेका छन् ।


विश्वका १८ कमेडियनमा मनोज गजुरेलको तस्बिर समेत राखिएपछि उनको चर्चा अझै ब्यापक रुपमा भएको हो । अमेरिकी अनलाइन सीबीएस न्यूजले यो सूची सार्वजनिक गरेको हो । मनोज गजुरेलसहित विश्वका कलाकारहरु एलेक बाल्डविन, एन्थोनी एटामानुइक, रोबर्ट एन्सलर, मार्सेल फोरेष्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलन, माइक ओसम्यान, डेरिओ बालान्टिनी, जोन डी डोमेनिको, एरिक ज्याकम्यान, टोड वेरटालिक, डान कनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस, राफेल आल्मोडोभार लगायत परेको सिएनएनले जनाएको ।

तपाईको प्रतिक्रिया