बिराटनगर । दिनहुजस्तो कुनै न कुनै कारणले गर्दा थुप्रै युवारयुवतीहरुले आफ्नो झन्झटबाट मुक्ति पाउनका लागी सजिलो मानेर एउटा बाटो रोजेका हुन्छन,” आत्महत्या”। सजिलो मानेर होला सायद यसो गरिसकेपछी सबै झमेला सकिन्छ भन्ने सोच भएर पनि होला, सानो सानो कारणले गर्दा पनि अकाल मै जीवन खेर फाल्नेको संख्या बढ्दो रहेको छ ।

डिप्रेशनको शिकारमा भएर अगाडी सबै अन्धकार देख्ने पिडितहरुले मर्नु अघी केही लक्षण पनि देखाएका त हुन्छन,तर त्यो बुझ्नु सम्म धेरै ढिलो भइसकेको महसुस धेरैले पनि गरेका छन् होलान। त्यस्तै सबैलाई चकित गराउने एक घटना घटेको छ बिराटनगरमा ।

आत्महत्या गरेको खबर सुन्दा त्यति सारो चकित सायदै कोही नहोलान् तर कक्षा ८ मा पढ्ने निकिता कार्की नाम रहेको छात्राले आत्महत्या गरेको खबर सुन्दा जो कोहीलाइ पनि पत्याउन गाह्रो नै हुन्छ। अझै मायामा धोका पाएको कारणले गर्दा आत्महत्या गरेको भन्ने खबरले त सारा अचम्म परेका छन्।

सामाजिक संजालको थुप्रै ग्रुप र पेजहरुमा सेयर गरे अनुसार फोटो सहित प्रस्तुत गरेको यो खबर झुट त पक्कै पनि नहोला तर यति सानी नानी, जसलाई मायाको अर्थ के हो भन्ने पनि सायद थाहा नहोला, उनले नै त्यहि मायाको कारण आत्महत्या गर्लिन भन्ने त कसैले पनि सोचेको थिएन होला। मर्न भन्दा अगाडी यस्ता स्टाटसहरु देखिन्थे यी छात्राको फेसबुकमा सामाजिक संजालमा पाइए अनुसार बनाइएको रिपोर्ट।

तपाईको प्रतिक्रिया