काठमाडौं  । निर्माता रौनक बिक्रम कँडेलको जन्म दिन मनाउन पुगेकी उनको निजी निवास नारणथान  नायिका बर्षा घाईते भएकी छिन् । बर्षाको हात जन्मदिनको केक काट्ने क्रममा काटेको हो । बर्थडे ब्वाई रौनकसँगै बसेकी बर्षाको हात काटेका छन् । निर्माता मणिराम गौतमले ह्याप्पी ‘वर्थ डे नारान’ भन्दै ताली बजाउन थाले । बर्थडमा सहभागि केहीले केक माथि झुण्ड्याइएको बलुन फुटाए । बलुनमा भरिएको झिझिरे केकमाथि पर्यो । केकमा झरिरहेको झिरझिरेलाई रौनकले चक्कु लिएको हातले नै रोक्न थाले ।

रौनकको चक्कु नजिकै रहेकी बर्षाको दाहिने नाडीमा पर्यो । यसरी बर्षाको हात काट्न पुग्यो । बर्षाको हातमा पाँच टाँका लगाइएको छ । हात काटेपछि तुरुन्त शिक्षण अस्पताल महराजगञ्ज पुर्याइएको थियो ।

तपाईको प्रतिक्रिया