बिराटनगर । हिडेन ट्रेजरले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा विराटनगरबाट दुई जना प्रतियोगी अन्तिम २५ मा छनोटमा परेका छन । बिराटनगरबाट यसबर्ष अनुपमा बास्तोला र शिक्षा संग्रौला मिस नेपालको अन्तिम २५ मा पर्न सफल भएका छन् । देश तथा विदेशका २ सय ३१ प्रतिस्पर्धिमध्येबाट बाँस्तोला र संग्रौला अन्तिम २५ मा पर्न सफल भएका हुन् । विराटनगरमा सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्न सचेतनामूलक कार्यक्रमको नेतृत्वसमेत गर्दै आएकी छन् ।समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने बाँस्तोला हामी युवा नामक संस्थापक कोषाध्यक्ष हुन् भने उनले लामो समयसम्म युथ फर ब्लड नामक संस्थामा रहेर स्वयंसेवीका रूपमा जिम्मेवारी बहन गरेकी छन् । सञ्चारमाध्यमको समेत अनुभव बटुलेकी २१ वर्षीया बाँस्तोलाले पत्रकारिता विषयबाट स्नातक गरेकी छन् । मध्यम वर्गीय बाँस्तोलाले विराटनगरका युवामाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छन् ।

२०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधि जित्न सफल भएकी थिइन् । यसैगरी बिराटनगरको मेरिल्याण्ड कलेजमा आफ्नो प्लस २ सकेर काठमाण्डौ छिरेकी शिक्षा संग्रौलासन् २०१४ मा लिरिल फ्रेश फेसको उपाधि जितेपछि उनको ब्यस्तता बढयो । त्यसपछि नव्याता फेसन नाइट , टिजीआइएफ नेपाल फेसन विक, अन्तरास्ट्रिय जिवेलेरी शो २०१६ जस्ता राष्ट्रिय र अन्तरास्ट्रिय फेसन शोहरुमा सामेल भइसकेको अनुभब छ उनीसंग । २०१६ मा बिराटनगरमा भएको बिराट फेसन फेस्टमा बिशेष अतिथिको रुपमा पनि उनि सामेल भएकी थिइन् । मिस नेपालमा राम्रो गरेर बिराटनगरको नाम राख्नेमा उनको आत्माबिश्वास बलियो रहेको उनि बताउँछिन ।

तपाईको प्रतिक्रिया