इटहरी । हरेक वर्ष जस्तै यो वर्ष पनि इटहरी–धरान बिचको सेउती जंगलमा मंगलबार साँझदेखि डढेलो लाग्न सुरु भएको छ । धरान पानबारी जाने महादेवचौक रम फ्याक्ट्रीदेखि दक्षिणको सेउती जंगलमा बुधबार विहान सम्म पनि डढेलो  नियन्त्रणमा आएको छैन ।


हावा हुरीको समय सुरु भए सगैं यस समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको पाइन्छ। यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।  डढेलो नियन्त्रणमा प्रभाबकारी उपायहरु नअपनाइएका कारण यस्तो डढेलो लाग्ने गर्छ ।

तपाईको प्रतिक्रिया