उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–७ मा एक महिलाको ढुंगा प्रहारबाट मंगलबार राति एकजनाको ज्यान गएको छ। उदयपुरगढी गाउँपालिकाकी धमिनी कार्कीले प्रहार गरेको ढुंगाले लागेर त्रिनपा–८ का वर्ष ५१ का शिव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


बाटोमा हिँडिरहेको बेला महिलाले ढुंगा प्रहार गर्दा घाइते भएका कार्कीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले बताए । ढुंगा प्रहार गर्ने महिला फरार रहेको र खोजिकार्य भइरहेको भट्टले जनाए । घटनाबारे अभियुक्त पक्राउ परेपछि मात्र विस्तृत विवरण आउने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया