सुनसरी/ सुनसरीको इटहरी ५ बालग्राम पचरुखीमा गएराती स्कुटरलाई ठक्कर दिंदा इटहरी ५ बस्ने २३ वर्षीय रमित सिग्देलको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ७०२६ नम्बरको ट्रकले सोही दिशामा रहेको को ३२ प ४०३३ नम्बरको स्कुटरलाइ ठक्कर दिंदा गम्भीर घाइते भएका सिग्देलको उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याउनेक्रमममा राती ९ बजे मृत्यु भएको हो। ठक्कर दिने ट्रकका चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया