बीबीसी। अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किम जोङ नमको हत्यामा ‘ विएक्स नर्व एजेन्ट’ प्रयोग गरिएको दाबी गरेको छ। वीएक्स नर्व एक निकै विषालु सिन्थेटिक रासायनिक कम्पाउण्ड हो। उत्तर कोरियाली नेता किम जोङ उनका सौनेती दाजु किम जोङ नमको निधन २०१७ मा भएको थियो।

अमेरिकाले उत्तर कोरियाई सरकारको आदेशमा किम जोङ उनका सौतेनी दाजुका रासायनिक पदार्थबाट भएको आरोप लगाएको छ।
रासायनिक पदार्थ विएक्स एजेन्टको प्रयोग रासायनिक हतियारका रुपमा प्रयोग गरिन्छ। मलेशियाको राजधानी क्यालालम्पुर विमानस्थलमा एक नाटकीय रुपमा दुई महिलाले किम जोङ नममाथि विएक्स नर्व एजेन्टबाट आक्रमण गरेका थिए।

ती दुई महिलामाथि मलेशियामा मुद्दा चलिरहेको छ।  अमेरिकाले सो विषयमा नयाँ रिपोर्ट आएपछि उत्तर कोरियमाथि थप प्रतिबन्ध लगाउने बताएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नोर्टले भने, ‘रासायनिक हतियारको प्रयोगका विरुद्ध उत्तर कोरियाले लापरवाही गरेको देखिएको छ। हामी उत्तर कोरियाको कुनै पनि प्रकारको रासायनिक हतियार कार्यक्रमलाई स्वीकार गर्न सक्दैनौं।’ अमेरिकाले लगातार उत्तर कोरियामाथि किम जोङ उनको हत्या गरेको आरोप लगाउँदै आएको छ। उत्तर कोरियाले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएको छ।
५ मार्चमा लगाएको प्रतिबन्ध उत्तर कोरिया विरुद्ध अमेरिकी प्रतिबन्धको सिरिजमा सबैभन्दा नयाँ हो।

सो प्रतिबन्धको घोषणा एक उच्चस्तरीय दक्षिण कोरियाई प्रतिनिधिमण्डलले उत्तर कोरियामा किम जोङ उनसँगको बैठकबाट फिर्ता आएपछि गरिएको हो।

दक्षिण कोरियामा शीतकालनी ओलम्पिकपछि सम्बन्धमा आएको सरगर्मीका विषयमा लाभ उठाउन किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबीच वार्तको प्रस्ताव गरिएको छ। एक दशकभन्दा धेरै समयदेखि दुई मुलुकबीच र २०११ मा उत्तर कोरियाकी सत्तामा किम जोङ उन आएपछि यो पहिलो उच्चस्तरीय बैठक हो।

तपाईको प्रतिक्रिया