धरान / शिक्षा, स्वास्थ्य सुधार तथा स्थानीय स्तरमा हुने गरेका विकास निर्माणका कार्यहरु स्थानीय सरकारले नै गर्नुृपर्ने स्थानीय सरकारलाई अधिकार दिएको अवस्थामा स्थानीय चुनाव सकिएर कार्यभार सम्हालेको ९ महिना वितिसक्दा पनि सुधार भन्दा बढी लथालिंग भएको पाइएको छ । तीन गाविसलार्ई गाभेर सिंगो नगरपालिका बनेको बराह नगरपालिकाको सर्वसाधारणले पाउने शिक्षा तथा स्वास्थ्यजस्तो अत्यावश्यक कुरालाई पनि अझै सुधार गर्न सकेको छैन ।

यसको प्रत्यक्ष उदाहरण बराह क्षेत्र नगरपालिका वडा नंं ६ मा रहेको स्वाथ्यचौकीमा रहेका अत्याधुनिक स्वास्थ्य उपकरणर्लाई लिन सकिन्छ । सर्वसुलभ ढंगले स्थानीयले एक्सरे, इसिजी लगायतका उपकरण प्रयोग गर्न पाउन र यसका लागि ठूला सहरमा धाउन नपरोस भन्नेउद्देश्यले लायन्स क्लब महेन्द्रनगरले करोडौका यस्ता उपकरण त्यहा रहेको स्वास्थ्यचौकीलाई उपकरण प्रदान गरेको दुई बर्ष वितिसके पनि दक्ष प्राविधिक नपाइने गरेका कारण थन्किएका छन् ।

दैनिक २५ देखि ३० जनासम्म स्वास्थ्य सेवा लिन आएपनि विरामीको पहिचान गराउने मिडियो एक्से, एक्सरे जस्ता उपकरण प्राविधिक नभएकै कारण चलाउन नसकिएको महेन्द्रनगर स्वास्थ्य चौकीका टेक्निसियन पञ्कजकुमार साहले बताउनुभयो । यसमा पनि भिडियो ए्क्स रे भने हप्तामा एक पटक अर्थात बुधबार सञ्चालन हुने गरे पनि एक्सरे थन्किएको दुई बर्ष भन्दा बढी भएको टेक्निसियन साहले बताउनुभयो । प्रत्येक बुधबार जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीबाट सोनोलोष्ट जितेन्द्र ठाकुर आएर सञ्चालन गरे पनि त्यो पर्याप्त नभएको उहाको भनाई छ ।

सुविधा सम्पन्न ल्याव नहुदा धरान, विराटनगर तथा राजधानी नै पुग्नुपर्ने बाध्यताबाट सर्वसाधारणले छुट्कारा पाउन भन्ने उद्देश्यले लायन्स क्लब महेन्द नगरले महेन्द्रनगर गाविस हुदा नै प्रदान गरेको भएपनि दक्ष प्राविधिक नभएकै कारण पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल बताउनुहुन्छ । उहाले उपकरण सञ्चालनका लागि जिल्ला जन स्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालयसम्म पुग्दा पनि दक्ष प्राविधिक पाउन नसकेकै कारण बाध्य भएर भएका उपकहरण समेत थन्काउनु पर्ने अवस्था आएको उहाले बताउनुभयो ।

लामो समयदेखि यस्ता उपमहरण प्रयोग रहदा खिया लागेरे बिग्रिने सम्भावना पनि बढेर गएको छ । सर्वसाधारण स्थानीय निकायको निर्वाचन भएर ८ महिना वितिसिक्दा स्थानीय स्तरबाट पाउने शिक्षा, स्वास्थ्य र रोजगारजस्ता अधिकार समेत सहज रुपमा पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया