एजेन्सी। पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनीको जीवनमा आधारित बायोपिक फिल्म बन्ने भएको छ । सनी आफैंले ट्वीटरमा यो कुराको घोषणा गरेकी हुन् । सनीको ट्वीटका अनुसार बायोपिक फिल्ममा उनको जीवनसँग जोडिएका अनेकौं रहस्य खुल्नेछन् ।

उनले आफ्नो ट्पीटमा यस्ता केही प्रश्नहरु उल्लेख गरेकी छिन् जसको जवाफ बायोपिक फिल्ममार्फत पाइनेछ । सनीले ट्वीटमा लेखेकी छिन् ‘म क्यानडाबाट यहाँ किन आएँ, किन मैले सनी लाम रोजें, मेरो जीवन कस्तो थियो, सनीको पछाडि लुकेकी एक महिला र करनजीतदेखि सनीसम्मको जीवनको बारेमा छिट्टै मेरो बायोपिकमा जान्नुहोस् ।’ बायोपिकमा सनी पोर्नस्टार कसरी बनिन् भन्ने देखाइनेछ ।

तपाईको प्रतिक्रिया