१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०७, २०७८

काठमाडौं – यही महिनाको अन्त्यबाट अर्थात फेब्रुअरी २८ बाट मोबाइल वर्ल्ड कंग्रेस(एमडब्लुसी) २०२२ आयोजना हुँदैछ । स्पेनको बार्सिलोनामा आयोजना हुने उक्त कार्यक्रममार्फत सामसङले नयाँ ल्यापटप सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

केही समय अघिमात्रै फ्ल्यागसिप सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी एस२२ स्मार्टफोन सार्वजनिक गरेको कम्पनीले अब ग्यालेक्सी बुक ल्यापटप सार्वजनिक गर्ने भएको हो । जुन एप्पलको म्याकबुक स्टाइलको हुने जनाइएको छ ।

कम्पनीले ग्यालेक्सी बुकको रुपमा आउने यो डिभाइसले प्रयोगकर्तालाई नयाँ अनुभव दिने बताएका छ। ‘हामीले तीनओटा योजना पुरा गर्न सफल भएका छौं,’ कम्पनीले आफ्नो ब्लग पोष्टमा भनेको छ, ‘जुन नयाँ जेनरेशनको ग्यालेक्सी बुकमा देखिनेछ ।’

यो ल्यापटपले मानिसको दैनिक जीवनमा प्रयोग गर्ने डिभाइसको मान्यतानै परिवर्तन गरिदिने दाबी कम्पनीको छ । इन्टेलको चिपसेटमा आधारित हुने ल्यापटप सुरक्षाको हिसाबले निकै नै प्रभावकारी रहेको जनाइएको छ ।

त्यतिमात्रै नभएर नयाँ ल्यापटपमा माइक्रोसफ्टको एप प्रयोगमा पनि नयाँ अनुभव प्राप्त हुने दाबी कम्पनीको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]