पाँचथर/ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड फिदिम माविले जितेको छ । सदरमुकाम स्थित फिदिम माविको खेलमैदानमा शनिबार सकिएको प्रतियोगितामा दश स्वर्ण, आठ रजत र तीन स्वर्ण पदक सहित फिदिम मावि प्रथम भएको हो । नौ स्वर्ण, तीन रजत र एक कास्य पदक जित्दै गणेश मावि नागी द्धितिय र आठ स्वर्ण, चार रजत सहित रानीटार मावि त्रितिय भए । प्रथम हुने फिदिम माविले रनिङ शिल्ड सहित नगद ६५ हजार प्राप्त गरेको छ ।

द्धितिय र त्रितिय हुने विद्यालयले ट्रफि सहित क्रमशः नगद ३७ र नौ हजार प्राप्त गरे । विभिन्न छ वटा खेलका ४४ पदकका लागि भएको प्रतियोगितामा जिल्लाका १९ बिद्यालय सहभागि भएको आयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बाबा मेन्याङ्बोले बताए ।

तपाईको प्रतिक्रिया