शनिवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि रसियामाथि कुनै खतराको संकेत देखीए वा आएमा आणविक हतियार प्रयोग गरी विश्व ध्वस्त गरिदिने चेतावनी दिएका छन्। पुटिनले यद्यपी सहज परीस्थीतीमा यो नगरीने तर हाल पश्चिम जगत्सँग आणविक तनाव निकै बढिरहेको वर्तमान परिप्रेक्षमा पुटिनले रसियाको अस्तित्व नै खतरामा पुगेको अवस्थामा मात्र आफूले सो कदम चाल्ने बताएका छन्।

रसियालाई कसैले आणविक क्षेप्यास्त्रको खतरा महसुस गराएको अवस्थामा आफूले सेनालाई सो आदेश दिन सक्ने रसियाको सरकारी टेलिभिजनबाट प्रसारित कार्यक्रममा पुटिनले बताएका छन्। उनले वल्र्ड अर्डर २०१८ का आयोजकलाई यदि कसैबाट रसिया ध्वस्त पार्ने निर्णय भएको खण्डमा जवाफी कारबाहीका रूपमा रसियाले पनि आणविक हतियार प्रयोग गरी विश्व नै ध्वस्त पार्ने कानुनी अधिकार रसियासँग पनि रहेको बताएका छन्।

पुटिनले भनेका छन्– ‘मानव जगत्का लागि यो विश्वव्यापी विध्वंश नै हुन सक्छ, तर म एक रुसी नागरिक र रसियाको राष्ट्राध्यक्षको हैसियतले तपाईंहरूलाई सोध्न चाहन्छु– ‘यदि विश्वमा रसिया नै छैन भने हामीलाई विश्वको आवश्यकता नै किन रह्यो रु’ गत केहि महिनादेखि रसिया र अमेरिकाबीच सैनिक शक्ति र आणवीक हतियार को होडबाजीपछि पुटिनको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

यसैबीच रसियाले एकै प्रहारमा पूरा राष्ट्र ध्वस्त पार्न सक्ने तथा १० थर्मो आणविक हतियार बोक्न सक्षम ‘सटान–२’ क्षेप्यास्त्रको काम थाल्न तयार रहेको पनि जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया