आजकल नेपाली नायिकाहरुमा पनि गज्जबको ट्याटुमोह छ। उनीहरुले आफ्ना शरीरका विभिन्न अङगहरुमा ट्याटु खोपाउदै आएका छन्। कही साता अघि मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले स्तनमुनी ट्याटु खोपाएको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो भने उनको चर्चा ह्वात्तै बढ्यो।
साम्राज्ञी मात्र नभएर नेपाली चलचित्रमा काम गर्ने अन्य नायिकाहरुले पनि आफ्ना विभिन्न भागहरुमा ट्याटु खोपाउँदै आएका छन्। यस्तैमध्येकी एक हुन् नायिका अश्लेषा ठकुरी।

चलचित्र प्रेमगीत २ माफैत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका अश्लेषाले पनि आफनो दाहिने खुट्टाको तिघ्रामा फुलका निकै आकर्षक ट्याटु खोपेकी छिन्। चलचित्र प्रेमगीतपछि कुनै पनि चलचित्रमा नदेखिएकी उनी अहिले राजधानी काठमाडौँमा नै छिन्। चर्चित नेपाली चलचित्र प्रेमगीत २ मा उनले अभिनेता प्रदीप खड्कासँ स्क्रिन सेयर गरेकी छिन् भने यी दुईका जोडी दर्शकले निकै रुचाएका थिए।

प्रदिप खड्का अभिनीत चलचित्र प्रेम गीत २ बाट नै उनी एकाएक चर्चाको शिखरमा पुगेकी थिइन। उनले केही समय अघि आफ्नो फेसबुकमा केही तस्विरहरु सार्वजनिक गरकी थिइन्। ती तस्वीरहरु उनले सिड्नीमा हुँदा खिचेकी थिइन्। फेसबुकमा सेयर गरेका तस्बिरहरूमा उनको दायाँ तिघ्रा भरिने गरी खोपेको फूलको बुट्टा देखिन सकिन्छ जुन अहिले निकै चर्चाको विषय बनेको छ।

गत अगस्टमा रिलिज भएको, प्रेम गीत २ नेपालको सबैभन्दा बढी कमाउने र चर्चित चलचित्र मध्ये एक हो। राम शरण पाठक द्वारा निर्देशित, यो चलचित्र आशुसेन फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो। निर्माता सन्तोष सेन निर्मित, प्रेम गीत २ मा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका छन्। खड्का र ठकुरी बाहेक, चलचित्रमा अरु कलाकार मध्य अभिनेता कैलाश कटुवाल, कविता रेग्मी र सन्तोष सेन पनि अभिनीत छन्।

 

तपाईको प्रतिक्रिया