काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु एकलब्य जस्तै हो भनेका छन् । प्रतिनिधि सभामा विश्वासको मत लिँदा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘एकलब्यको हुनै पनि गुरु थिएन । गुरु पाइँन भने पनि परीक्षामा फेल हुन्न ।’

मैले भन्ने गरेको छु, उनले भने, ‘आयुको अवधिको सीमा हुँदैन । सीमा हुन्छ अवधिको । ज्ञानको सीमा हुन्छ । इमानको सीमा छैन । प्रतिवद्धता र अठोटको सीमा छैन । व्यवस्थापनका कमि आउन दिन्न ।’

यस्तै, उनले वाम गठबन्धनको घोषणापत्र बिहान-बिहान पाठ गर्नलाई नबनाएको र त्यो कार्यान्वयनका लागि बताएको बताए । प्रमुख प्रतिपक्षि दल कांग्रेसका सांसद गगन थापाले घाेषणापत्रबारे उठाएकाे प्रश्नकाे जवाफ दिँदै अाेलीले भने, ‘घोषणपत्र बिहान-बिहान पूजा पाठ गर्न बनाएको होइन । कार्यान्वयन गर्न बनाएको हो । हामी त्यो लगेर बतर्णी तर्न पारि जाने होइन । वारि नै बनाउने हो । नेपाल वारि नै बनाउने हो ।’

म एकछिनका निम्ति अल्मल्याएर उम्किने हिसाबले प्रधानमन्त्री पदमा आएको होइन, उनले भने, ‘एकपछि अर्को गर्दै सबैले उम्किने हो भने फेरि पनि हिजाे भन्दा अाज के फरक भो ।’ म एक्सन चाहन्न । उत्तरदायी हुने हो ।

संविधान संशोधनबारे सांसदहरुले उठाएको प्रश्नमा ओलीले आफुले विगतमा पनि संविधान संशोधनीय र परिवर्तनीय छ भनेको बताए । उले भने, ‘लहडको आधारमा हुने त होइन होला ।’ आज भना भन् गरेर के हुन्छ । उनले भन्, ‘सम्झाउन खोज्नु भा होला । होजोको भनाभन् होइन, अब झगडा नै सकिसक्यो । छोड्दिनुस् उहिलेका कुरा ।’

उनले दुईतिहाई मत पुर्‍याउनुको कारण दिँदै भने, ‘आरामदायी र सजिलो बहुमत अर्थात् दुई तिहाई दम्भका लागि होइन । देश एक जुट बनाउन र एकजुट छ भन्नका लागि हो ।’ म एमाले वा माओवादीको प्रधानमन्त्री होइन । म यो देशको प्रधानमन्त्री हो । एमाले र माओवादीले पठाएको चैँ, हो ।

महिला हिंसा र बलात्कारका घटना सरकारका कारण नभएको भन्दै उनले ति सामाजिक पछौटेपनले भएका, भने । उनले भने, ‘यो सरकार आउँदा हतार हतार रोपेको जस्तो कुरा आयो । तर, कैलालीको घटनामा सरकारले तुन्त निर्देशन  दिएको छ । मैले विलौना गाएको वा रुवावासी गरेको होइन । सरकारले भनेपछि छोडिएको अभियुक्त पनि समातिएको छ ।’

यस्तै, प्रधानमन्त्री ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गरे । उनले र्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता नलिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकार समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै लोकतन्त्रमा मात्रै समृद्धिको यात्रा अगाडि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया