धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा आइतबार चट्याङबाट एक जनाको ज्यान गएको भन्ने जानकारी प्राप्त भएको छ। साँझ ५ बजेतिर खसेको चट्याङका कारण स्थानीय ५५ वर्षका खम्बसिंह तामाङको मृत्यु भएको भन्ने खबर प्रहरी चौकी सिंघुवामा प्राप्त भएको हो। घटना बारेमा प्रहरीबाट बुझ्ने कार्य तथा घटनास्थलमा टोली खटि गएका छन्।

तपाईको प्रतिक्रिया