सुनसरी/ प्रहरीले सुनसरीको इटहरीबाट आइतबार दुई थान पेस्तोल र खुकुरीसहित काठमाण्डौ महानगरपालिका ४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पा पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीको टोलीले अपरान्ह ३ बजे उनलाई पक्राउ गरिएको हो।

प्रहरीले शेर्पाको झोलाबाट Made in USA लेखिएको पेस्तोल दुई थान, गोली ४ राउण्ड, म्याग्जिन र १ थान खुकुरी, नगद एक लाख तीन हजार पाँच सय रुपैया, ६ थान एटिएम कार्ड र परिचयपत्र बरामद भएको छ । शेर्पालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया