बेलबारी । सितेरियो कराते संघ बेलबारीको नबगठित समितिको अध्यक्षमा बेलबारीका सामाजिक ब्यत्तित्व सञ्जय सुबेदी चयन भएका छन । बेलबारी १ स्थित तमु गुम्बामा शनिबार भएको भेलाले ९ सदस्यीय समिति समेत चयन गरेको छ । नबगठित समितिको उपाध्यक्षमा सुवास कार्की, सचिवमा भिम तामाङ, कोषाध्यक्षमा गौरी गुरुङ चयन भए । यसैगरी सदस्यहरुमा हेमन्त सुबेदी, खनेन्द्र कुमार राई , तारा कार्की, थमराज लिम्बु र रोजिला लिम्बु चयन भएका छन ।

बेलबारी सितेरियो करातेका प्रशिक्षक कुन्ती गुरुङ सदस्य सचिव चयन भएकी छिन । मोरङ जिल्ला सितेरियो कराते संघका पुर्वअध्यक्ष उद्धव साप्कोटाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया