२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भइ अवतरण गरेको थियो ।अहिले विमानमा आगो लागेको छ । विमानमा लागेको आगो अझै नियन्त्रण बाहिर रहेकाे छ। अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ ।

तपाईको प्रतिक्रिया