१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौं – सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । आर्थिक अनियमितता गरेको भन्दै यादवविरुद्ध मुद्धा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोदकुमार यादवले पीसीआर परीक्षणको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्दै उजुरी परेको थियो । उनीमाथि पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको आरोप समेत छ।

अख्तियारले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान हुँदा केन्द्रका ल्याब इन्चार्ज बिनोद कुमार यादवले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफूखुशी बनाइ दुरुपयोग गर्ने गरेको, निजले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सीपीयूको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरु सबै नक्कली भएको, सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकमसमेत लिइ स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन आफूखुशी तयार पारी उपलब्ध गराएको, पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको, त्यसैगरी आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिने काम गरी विभिन्न मानिसहरुको विभिन्न मितिमा पीसीआर परीक्षण नै नगरी आफूखुशी गलत प्रतिवेदन तयार पारी बदनियतपूर्वक भए गरेको कुरा लुकाइछिपाइ नभए नगरेको कुरा देखाई पीसीआर प्रतिवेदन सम्बन्धित मानिसलाई दिएको पुष्टि हुन आएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]