काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले एमसीसी पास वा फेल जे भएपनि आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसीको सवालमा सांसदहरुलाई ह्वीप लगाउन नहुने पनि धारणा राखे ।
समाजवादीले अहिलेको अवस्थामा एमसीसी पास गर्न नहुने बताउँदै आएको छ । सरकारमा सहभागी भएपनि सडकमा समाजवादीका विद्यार्थी तथा युवा एमसीसीको विरुद्धमा आन्दोलनमा छन् ।