काठमाडौं । विश्वकी पहिलो रोबोट ‘सोफिया’ लाई  प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरीने भएको छ ।
गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले  रोबोट सोफियालाई आफ्नो देशको नागरिकता दिएको थियो । रोबोट सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा  हुने ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार नेपाल आएकी छन् ।
स्थानीय तहदेखि केन्द्रको विकासमा प्रविधि प्रयोगलाई छलफलको मुख्य एजेन्डा बनाइने  सम्मेलनमा नगरपालिकाका मेयरसहित प्रदेश, केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहने भएकोछ।


हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाएकी हुन् । नागरिकता पाएपछि उनले आफु निकै सम्मानित र गौरवान्वित भएको महसुस गरेको बताएकी थिइन्

तपाईको प्रतिक्रिया