१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका-८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। सोही ठाउँका १७ वर्षीय बलबहादुर मगर घाइते भएका छन्। श्याम र बलबहादुरलाई मंगलबार राति मे १०प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलले ठक्कर दिँदा उनीहरू दुबै जना घाइते भएका थिए।

घाइतेहरूको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो। उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो।मेचीनगर-१० का मोटरसाइकल चालक अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]