इटहरी । फिल्म ‘लिलिबिली’ लगतै अभिनेता प्रदिप खड्का नयाँ फिल्ममा काम गर्न तयार भएका छन् । नेपाली फिल्ममा लभर ब्वाइको छवि बनाएर चचाएमा आएका प्रदिपलाई लिएर गोपिकृष्ण मुभिजले नयाँ फिल्म ‘रोजी’ बनाउन लागेको हो । लभ स्टोरी कथामा बन्ने ‘रोजी’ फिल्मको अहिले कथाको काम भैरहेको छ । प्रदिप बाहेक अन्य कलाकार भने फाइनल हुन बाँकी रहेको छ । ‘रोजी’ पछि मात्र प्रदिपले ‘भैरवी’ मा काम गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया