सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ का २६ वर्षीय सुमित चौधरी र चौदण्डि नगरपालिका ८ का ३४ वर्षीय विद्यानन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बुधबार पक्राउ परेका उनीहरुबारे विहीबार प्रहरीले सार्वजनिक गरेको छ । डिएसपी माधप्रसाद काफ्लेका अनुसार उनीहरु चेकजाँचको क्रममा सप्तकोशी नगरपालिका अन्तरगत कंचनपुर–फत्तेपुर सडकखण्डबाट पक्राउ परेका हुन् । प्रदेश १–०५–००१ प.४५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर जस्तो देखिने वस्तु फेला परेको र सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।