एजेन्सी /इन्टरटेनमेन्ट इन्डस्ट्रिका सबैभन्दा बढी रुचाइएका जोेडी बिराट-अनुष्का आफ्ना फ्यानहरुका लागी सरप्राइज लिएर आउँदैछन् ।यो जोडी एक टि.भी सो मा आफ्नो प्रेमका विभिन्न राजहरु खोल्दै गर्दा देखिनेछन् ।

एक सेलीब्रेटी कन्ट्रोभर्सियल च्याट सो कफि विथ करनमा यो जोडी देखीँदैछ ।करन आफ्नो यस सो को छैठौँ सिजनका साथ उपस्थित हुनेवाला छन् । उक्त सो सेप्टेम्बरमा अन एयर हुनेछ र सो का पहिला पाहुना बिराट-अनुष्का हुनेछन् ।यो जोडी कफि विथ करनको छैठौँ सिजनको पहिलो पाहुना हुनेछ । उनीहरु दुईजना बिचको प्रेम, झगडा, राम्रा नराम्रा बानीहरु र धेरै रमाइलोका साथ उपस्थित हुनेछन् ।

तपाईको प्रतिक्रिया