०६ चैत्र २०८०, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १५, २०७८

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीबारे ठोस धारणा बनाउन अन्तिम समयमा पनि कसरत गरिरिहेका छन् ।

सत्ता गठबन्धनका घटकका रुपमा रहेका दुवै दलले हालसम्म एमसीसीको बिरोध गर्दै आएका छन् । यद्ययपि पछिल्लो समय उनीहरु गठबन्धन टुट्ने भयले एमसीसी पास गर्ने मनसायमा पनि पुगेको जस्तो अवस्थमा पुगेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथमा एमसीसी पास गर्ने योजना बनाएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी झस्कीएका हुन् ।

एमसीसीले दिएको समयसीमा थोरै मात्रै बाँकी भएकाले नेपाललाई एमसीसी सम्झौता लिने या नलिनेबारे ठोस निर्णय लिने समय आज १ दिन मात्रै छ ।

एमसीसीबारे छलफल गर्नका लागि आज संसद बैठक बस्दै छ । एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ।

संसद बैठक बस्नुअघि बोलाइएको बैठक अहिले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने बताइएको छ । उक्त बैठकले एमसीसीबारे ठोस निर्णय गर्ने जनाइएको छ ।

त्यस्तैगरी एकीकृत समाजवादीले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक ११ बजे बस्ने र एमसीसीका बारेमा निर्णय निकाल्ने जनाइएको छ ।

शनिबार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरुको बैठक बसेको थियो । उता प्रधानमन्त्री शेरबहादु देउवा भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाइरहेका छन् । उता जनता समाजवादी पार्टी जसपाका तीन नेताहरुको बैठक आजै बिहान बस्ने बताइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले आज बिहान छलफल गर्ने जनाइएको छ । उक्त बैठकले कार्यकारिणी बैठकको मिति तोक्ने र एमसिसीबारे निर्णय गर्ने बताइएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव एमसीसीबारे अनिर्णित छन् भने बाबुराम भट्टराई एमसीसी पास गर्ने पक्षमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]