१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

दाङ – दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ ।

दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले ट्रक चालकसँगै घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै अवरुद्ध गरेको सडक प्रहरीले खुलाउन खोजेपछि झडप भएको हो । त्यस क्रमम प्रहरीले ५ राउन्ड अश्रुग्याँस हानेको हो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय गोग्लीको प्रहरी विट समेत ढालिदिएका छन् र सडकमा आगो बालेका छन् ।

सो घटनालाई लिएर घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै मृतक परिवारले विहान ९ बजेदेखि नै लमही–तुलसीपुर सडक अवरुद्ध गर्दै आएका थिए । सोमबार विहान भानु चोक नजिकै ट्रकले मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमै मुत्यु भएको थियो ।

प्रहरीले ठक्कर दिने ट्रकसहित चालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिइसकेको छ । मतृकका परिवारले भने घटनामा अर्काे मोटर साइकल चालक समेत दोषी रहेको भन्दै पक्राउ गर्नुपर्ने माग गरेको स्थानीय वेदब्यास पोखरेलले बताए ।

जिल्ला प्रहरी प्रमुख सुरेशकुमार काफ्लेले मृतक परिवारसँग वार्ता भइरहेको बताउँदै घटना नियन्त्रणमा आएको बताए । उनले केहीबेरमै मृतक परिवारसँग छलफल गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]