इटहरी । दुई थान चोरीको मोटरसाइकल सहित तीन जना युवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।  को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्षीय सन्दीप चौधरी रहेका छन् । उनीहरु कोशी ब्यारेज नजिकैबाट पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया