धनकुटा । धनकुटामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–१ हिलेमा सोमबार करेन्ट लागेर स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पाको मृत्यु भएको हो । उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको  करेन्ट लागेको प्रहरी चौकी हिलेले जनाएको छ । करेन्ट लागेर घाइते दुवैको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबरे थप अनुसन्धान भइरेहको छ।

तपाईको प्रतिक्रिया