वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न हो के–के न हेर्न पाईने भईयो भनेर ठुलो भिड लागेको थियो ।

एक अब्यवस्थित अर्को पैसा तिरेर महोत्वसको आनन्द लिन पुगेकाहरुलाई गरिएको ब्यवहारले एक अब्यवस्थित अर्को पैसा तिरेर महोत्वसको आनन्द लिन पुगेकाहरुलाई गरिएको ब्यवहारले महोत्वसको सालिनतालाई गिज्याई रहेको थियो । दर्शकलाई ब्यवस्थापनको लागि राखिएका केही ब्यक्तिहरुले सर्बसाधारणलाई अभद्र ब्यवहार समेत गरेको देखिन्थ्यो ।

महोत्सवको माहौल दिउँसो सुनसान देखिएपनि जब साँझ ढल्दै गएको थियो त्यसपछि मात्र माहौल तातिएको थियो ।शुरुका केही घण्टा दर्शकलाई भुल्याउनको लागि केही नृत्यहरु देखाईएको भएपनि जब रातीको ९ बज्यो त्यसपछि मात्र दर्शकको सामु ज्यातीलाई ल्याईएको  ज्यालेती लगाएका छोटा लुगाका कारण सोमरसमा नतमस्तक भएर आएकाहरुले कोहीलाई नै चिन्दैनथे ।
महोत्सवमा मदिरा
महोत्सवको नाम दिईएको भएपनि त्यसलाई सही ब्यवस्थापन हुन नसक्दा महोत्सव मदिरा र जुवा खेल्नेस्थल बनेको छ । सामान्यतया दशै तिहारमा खेलिने ढाईस मेलामा बालबालिका देखि युवाहरुले खेल्ने अकर्षक खेल बनाईएको छ । त्यसको बारेमा प्रहरी पनि रमिते बनेको छ ।

त्यही मेलामा राखिएका मदिराका कारण उछृङ्खल गतिबिधि समेत हुने गरेको स्थानीयले बताएका छन् । ‘मदिरा मात्र नियन्त्रण गरेर महोत्सव लगाएको भए हुन्थ्यो, एक दर्शकले भने, कार्यक्रम राम्रो गर्न खोजेको जस्तो देखिएपनि सबै जाँड खाएर आएकोले आफैलाई असुरक्षित महसुस भयो ।’

 

ज्योतीको यस्तो भिडियो

तपाईको प्रतिक्रिया