काठमाडौँ,चैत्र २५ : फिल्म ‘शत्रु गते’ ले तेस्रो सातामा आइपुग्दा पनि सानदार व्यापार गरिरहेको छ । दर्शकलाई कमेडी स्वाद दिन सफल फिल्म ‘शत्रु गते’ शुक्रबारदेखि तेस्रो सातामा चलिरहँदा पनि फिल्म हलबाट टसमस भएको छैन । फिल्म वितरकको दाबीलाई मान्ने हो भने प्रदीप भट्टराई निर्देशित फिल्मले दुई सातामा झन्डै आठ करोड रुपैयाँको व्यापार गरेको छ ।

‘शत्रु गते’ ले अझै उच्च सो नै पाइरहँदा त्यसको असर शुक्रबार नै रिलिज भएको फिल्म ‘तिमीसँग’ लाई समेत परेको छ । ‘तिमीसँग’ कम हलमै पनि रिलिज हुँदा अर्को फिल्म ‘हिरोज’ ले भने रिलिज नै स्थगित गरेको छ । फ्याम्ली ड्रामा मा आधारित ‘शत्रु गते’ अझै केहि दिन हलबाट नओर्लिने सम्भावना देखिएको छ ।

मह सञ्चारको ब्यनारमा निर्मित ‘शत्रु गते’ लाई किरण केसीले प्रस्तुत गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रमेशरञ्जन झालगायतको अभिनय छ ।

 

तपाईको प्रतिक्रिया