दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानलाई अदालतले जमानतमा रिहा गरेपछि उनलाई भेट्नका लागी बलिउडका सेलिब्रेटीहरु उनका घरमा पुगेका छन् । यसअघि प्रिती जिन्टा सलमानलाई भेट्न जेलमै पुगेकी थिईन् ।

अभिनेत्री कट्रिना कैफ सलमान जेल मुक्त हुने बित्तिकै उनलाई भेट्न उनको घरमा पुगेकी छिन् । केही वर्षअघि सलमान र कट्रिना लामो समयसम्म एकअर्काको प्रेममा थिए । तर प्रेम छुटेता पनि यी दुई एकअर्कासँग भने नजिक थिए ।सलमान र कट्रिना अभिनीत ‘टाइगर जिन्दा हे’े यसै वर्ष ब्लक बस्टर हिट हुन सफल भएको थियो । १९ बर्ष अघि जोधपुरमा चलचित्र ‘हम साथ साथ हे’को छायाङ्कनको क्रममा सलमान विरुद्ध कालो हरिण सिकारको मुद्दा दर्ता गरिएको थियो ।

तपाईको प्रतिक्रिया