विराटनगर । पाँचौ विराट गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रङ्गशालामा सोमबार सम्पन्न भएको फाइनल खेलमा विभागीग्य टिम त्रिभूवन आर्मी क्बललाई ३–० गोल अन्तरले हराउँदै थ्री स्टार क्बलले उपाधि जितेको हो ।
थ्रीस्टारले यो सिजनमा चार वटा उपाधि जितेको छ । थ्री स्टारले इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप, धरानमा बुडासुब्बा गोल्डकप र बुटुवलको तिलोत्तमा गोल्डकप जितेको थियो ।
जितसँगै थ्रि स्टारले नगद १२ लाख ७१ हजार रुपैयाँसहित आकषर्ण ट्रफि प्राप्त गरेको छ । निकै रोमान्चक भएको पहिलो हाफसम्म गोल रहित खेल बराबरी भएको थियो । दोस्रो हाफदेखी आक्रमक रुपमा प्रस्तुत भएको थ्रीस्टारले ५५ औ मिनेटमा विमल घर्तिमगरले प्रहार गरेको कर्नर अन्नत तामाङले डिबक्स भित्रबाट हेडिङ गोलमा परिणत भएको थियो । अन्नतको गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफदेखी थ्रीस्टार आक्रमक रुपमा प्रस्तुत भयो । एक गोल खाएपछि दबाबमा परेको आर्मीले सुन्दर गोल गर्ने अवसरहरु खेर फाल्दा उपबिजेता चित्त बुझाउनुप¥यो । उपविजेता बनेको आर्मीले नगद पाँच लाख ५१ हजार रुपैयाँ पायो ।


खेलको ७५ औ मिनेटमा थ्री स्टारका मेट्रिनलाई त्रीवन आर्मीका जितेन्द्र कार्कीले डिबक्स भित्र लडाएपछि थ्री स्टारले पेलान्टी पाएको थियो । पेलान्टी सुट आउटमा थ्री स्टारका विमलको प्रहारले जाली चुम्यो । दोस्रो गोल गरेको १३ मिनेट वित्न नपाउँदै थ्रीस्टारले पुन अर्को गोल थपो । खेलको ८८ औं मिनेटमा थ्री स्टारका बिमलले करिब ३० यार्डबाट प्रहार गोलमा परिणत भयो । विमलले गरेको गोलले टिमको जित सुनिश्त गरेको थियो । आर्मीका कप्तान भरत खवास, टंक बस्नेत, नवयुग श्रेष्ठले बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा खाता समेत खोल्न सकेन ।
खेलको म्यान अफ फाइनल थ्रीस्टारका म्याट्रिन घोषित भइन उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
म्यान अफ द टुनामेन्ट थ्री स्टार अनन्त तमाङ घोषित भए । उनले मोटरसाइल पाए कोमोटससाइकल प्राप्त । बेस्ट डिफेन्ड आर्मीका बिमल पाण्डे , बेस्ट फरवार्डमा आर्मीका भरत खवसा, मिट फिल्डरमा थ्री स्टारको सुनिल वल घोषित भए । हाइस्कोर थ्रीस्टारका विमल घर्तीमगर घोषित भए । उनले चार गोल गरे । उत्कृष्ट किपर थ्री स्टारका एलन न्यौपाने भए । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी घोषित भए भने उत्कृष्ट व्यवस्थापक थ्री स्टारकै मुकेश नकर्मी घोषित भए । प्रतियोगिता भरीको अनुशाति टिम नेपाल पुलिस क्बल घोषित भए । उनीहरुले जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
विजय हुनेटिम तथा खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि खेलकुद मन्त्री जगत विश्वकर्मा, विराटनगर महानगरपालिका मेयर भिम पराजुली, संसद डा. मिनेन्द्र रिजाल, आयोजक समितिको अध्यक्ष नविन रिजाललगायले पुरस्कार वितरण गरेको थिए ।
चैत १७ गतेदेखी सुरु भएको डे नाइट विराट गोल्ड कप प्रतियोगितमा भारत, भुटानसहित नेपालका गरी दश टिमले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया