०६ चैत्र २०८०, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

सप्तरी – गोरखामा यौनजन्य अपराधको निसानामा बालिकाहरू परेको पाइएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन १२ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा आठजना बालिकाले यौनजन्य हिंसाबाट पीडित भएको उजुरी गरेका छन् । तीमध्ये जबर्जस्ती करणीमा सात र जबर्जस्ती करणी उद्योगमा एकजना पीडित छन् । सो अवधिमा १३ वटा यौनजन्य अपराधका घटना भएका भएका छन् ।

०७५–७६ देखि हालसम्म गोरखामा १८ वर्षमुनिका ६९ बालिका यौनजन्य हिंसामा परेका छन् । यीमध्ये ४६ जना जबर्जस्ती करणीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । बाँकी भने जबर्जस्ती करणी उद्योग र बालयौन दुरुपयोगको सिकार भएका छन् । ‘कमजोर आर्थिक स्तर भएका, समुदायमा पछाडि पारिएका, शारीरिक रूपमा पनि कमजोर भएका बालिका यौनजन्य हिंसाको सिकार हुने गरेका छन्,’ प्रहरी निरीक्षक अधिकारीले भने । गत वर्ष सबैभन्दा धेरै ४१ वटा यौनजन्य अपराधको घटना भएका उनले बताए । यौनजन्य हिंसाका घटनामा संलग्न भने उमेर पुगेकाहरू धेरै देखिन्छन् । प्रहरीका अनुसार यौनजन्य अपराधका घटनामा १८ देखि २५ वर्षका पुरुषहरूको संलग्नता बढी छ । योबाहेक २६ देखि ३५ वर्ष उमेरका पुरुष पनि यौनजन्य अपराधतर्फ उद्यत् देखिएको उनले बताए ।

यौनजन्य अपराध र जबर्जस्ती करणीका घटना बढिरहँदा स्थानीय तहहरूले त्यसको न्यूनीकरणमा चासो भने दिएका छैनन् । प्रहरीले घटना र उजुरीपछि छानबिन गर्ने र अदालतमा पेस गर्ने मात्रै काम गर्दै आएको छ । अदालतको फैसलापछि पीडित बालिका वा महिलाको अवस्थाबारे कसैले चासो नदिएको अधिकारकर्मी बताउँछन् ।

गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले हिंसा पीडितलाई समाजमा स्थापित हुन अझै समस्या रहेको बताइन् । ‘हिंसा अझै पनि सबै खुलेर बाहिर आएको छैन, हिंसापीडित भएँ भन्ने महिलाहरू समाजमा पीडा भोग्न बाध्य छन्,’ उनले भनिन्, ‘यो अवस्था अन्त्य हुनुपर्छ ।’ यस्ता यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्न समुदायस्तरमा सचेतना आवश्यक रहेको पनि उनले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]