सुनसरी । सुनसरीस्थित इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । उखु किसानलाई रकम भुक्तानी नगरेको भन्दै प्रहरीले गुप्तालाई पक्राउ गरेको हो ।

भारतीय सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकास्थित अमाहीबेल्हामा रहेको मिलले किसानसँग उखु खरिद गरेबापत भुक्तानी गर्नुपर्ने करिब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । किसानलाई पटक–पटक भुक्तानी गर्ने आश्वाशन दिएपनि रकम नदिएपछि गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया