काठमाडौं । सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५ सय रुपैयाँले बढेर ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार लगातर पाच दिन सम्म स्थिर रहेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो भने एक्कासी बढेर ५८ हजार ४०० मा कारोबार भइरहेको हो । त्यस्तै तेजावी सुन भने बुधबार प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया