नयाँदिल्ली । इन्डियन प्रिमियर लिग आइपिएल दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सँग दोस्रो खेल खेल्दैछ। नेपालका खेलाडी सन्दीप आबद्ध दिल्ली पहिलो खेलमा पंजाबसँग पराजित भएको थियो । जयपुरमा हुन लागेको खेलमा दुवै टिम पहिलो जित निकाल्ने प्रयासमा छन् । राजस्थान पहिला खेलमा हैदरावादसँग ९ विकेटले पराजित भएको थियो ।

बुधबारको खेलमा अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल दिल्लीका लागि खेल्दैछन्। सन्दिपको सम्भावना कम छ । म्याक्सवेलसहित कोलिन मुन्रो, क्रिस मोरिस र ट्रेन्ट बोल्टले बुधबार खेल्ने सम्भावना रहेको भारतीय मिडियाहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया