भनिन्छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिका चतुर खेलाडी हुन् । जहाँ पनि उनी फाइदाकै मात्र काम गर्छन् ।नेकपा एमालेसँग चुनावी तालमेल गरेर आफ्नो पार्टीलाई बलियो बनाएका प्रचण्डले हरेक निर्णयमा महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

प्रचण्ड बोलीमा अडान राख्ने नेताकै रुपमा चिनिन्छन् । आफूले चाहेको कुरा सम्भव भएकाले पनि प्रचण्ड सफल भएका छन् । गिरिजाप्रसाद कोइरालासँग बसेर राजनीति गर्न थप जानेका प्रचण्ड कोइरालाले आफूलाई जिम्मेवारी दिएर गएको बताउने गरेका छन् ।

दोस्रोपटक सरकारको नेतृत्व गर्दा एकातिर प्रचण्डले व्यक्तित्व बनाएका छन् भने संकटमा पुगेको पार्टीलाई पुर्नजीवन दिएका छन् । पार्टीले एमालेसँग चुनावी तालमेल गरेपछि दुबै पार्टीलाई फाइदा भएको छ तर त्यो स्वीकार्न सकिरहेका छैनन् । दुबै पार्टीहरु एक अर्काको सहारा खोजेका थिए ।

पार्टीको एकता महाधिवेशनमा गएर धेरै विषयवस्तु टुंग्याउने भनिदै आएपनि त्यो अवस्थासम्म आइपुग्दा थप खतरा पनि देखिएको छ । प्रचण्ड र एमाले अध्यक्ष दुबैजना एकता नहुन्जेसम्म अध्यक्ष नै रहने भनेपछि एकले अर्कालाई मान्दैनन् र दुबै लोभीपापी छन् पद र प्रतिष्ठाका लागि भन्ने प्रष्ट रुपमा बुझ्न सकिन्छ ।

ओली प्रधानमन्त्री पार्टी चलाउन प्रचण्डले नपाउनु र सोझो अर्थमा उनलाई नछोडिनुले भविष्यप्रति चिन्त गर्ने बेला आएको छ । ओलीको निधन (शेख) पछि प्रचण्डले पार्टी कब्जा गर्ने भएकाले पनि एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल अध्यक्षको दौडमा लम्किरहँदा चिन्तित भएका छन् ।

पार्टी एकता गर्ने भनिएपनि हजार नगर्दा र कार्यकर्ता तथा मतदाताको भावनाको कदर नगर्दा अझै पनि शंका गर्ने प्रशस्तै आधारहरु रहेका छन् । वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी एकताको औपचारिक घोषणा गर्ने जनाइएको छ ।  अर्थ सन्जाल बाट

तपाईको प्रतिक्रिया