मोरङ। मोरङको पथरी-शनिश्चरे नगरपालिकामा गएराती रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।

पथरी-शनिश्चरे १० स्थित डाँस खोला पुलको किनारमा विग्रिएर रोकीएको को २ त २४५९ नम्बरको ट्याक्टर पछाडी पूर्वतर्फ जादै गरेको को १३ प ७७२९ नम्बरको मोटरसाइकल ठोक्किंदा चालक पथरी-शनिश्चरे नगरपालिका ४ हसन्दह बस्ने बर्ष ४८ को हरि बहादुर के.सीको उपचारका क्रममा पथरी असपतालमा राती ८ बजे मृत्यु भएको छ।

मोटरसाइकल पछाडी सवार पथरी-शनिश्चरे ५ बस्ने बर्ष २५ हेमराज खड्काको टाउकोमा चोट लागेर गम्भीर भएकाले सोही अस्पतालमा उपचार भई रहेको छ।

तपाईको प्रतिक्रिया