आज बिहानदेखी सामाजिक संजालमा एउटा तस्विर खुब भाईरल भईरहेको छ । सुचना तथा संचार मन्त्रालयको लेटरहेड भएको तस्विरमा सामाजिक संजाल फेसबुक बन्द गर्ने कुरालाई उल्लेख गरिएको छ । यस्तो छ संचार मन्त्रालयको लेटरहेड भएको आह्वानपत्रः

यो तस्विर हेरिसकेपछि हामीले सुचना तथा संचार मन्त्रालयको वेबसाईटमा चेक गर्यौँ । तर मन्त्रालयको वेबसाईटमा सामाजिक संजाल बन्द गर्ने किसिमको कुनैपनि आव्हानपत्र वा बिज्ञेप्ती भेटिएन । त्यसका साथै भाईरल भईरहेको आव्हानपत्रमा ‘मिति’ फरक फन्टमा देखिएको छ । सरकारी कार्यालयको पत्रहरुमा सामान्यतया एउटै फन्ट हुनेगर्छ ।

साथै सार्वजनिक आव्हानपत्रमा भएको मन्त्रीको नाम नै फरक छ । अहिले संचार तथा सुचना प्रबिधी राज्यमन्त्रीमा गोकुल प्रसाद बास्कोटा हुनुहुन्छ भने आव्हानपत्रमा माधव पौडेल छ । यसकारण यसलाई फोटोसपबाट बनाइएको झुटो भन्नको लागि एकसेकेण्ड पनि हिच्किचाउन पर्दैन ।

तपाईको प्रतिक्रिया