ईटहरी/ आफ्नो पहिलो डेब्यु फिल्म ‘ए मेरो हजुर-२’ पछि फिल्मका लागि चुपचाप बसेका सलिनमान बनियाको फिल्म नगरिमा फीइ चर्चा सुरु भएको छ । ए मेरो हजुर २ पछि फिल्मका गतिबिधी भन्दा अन्य गतिविधिहरुमा मात्र मिडियामा छाएका उनी यतिबेला एक फिल्ममा अनुबन्धित भएको खबरले उनी चर्चामा छन् । केही समय अघि नायक सलिनमान बँनिया नयाँ अनटाइटल चलचित्रको लागी अनुबन्धित भएको समाचार बाहिरिएको थियो ।

फिल्म नगरिका पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको फिल्ममा नायिकाको तीव्र रूपमा खोजी भइरहेको पनि बताइएको थियो । फिल्मका लागि सलिनको अपोजिटमा नायिका बर्षा राउत उपयुक्त ठहरियो । तर यति बेला सिने नगरीमा सो चलचित्रमा अनुबन्धित भइसकेकी नायिका वर्षा राउतले चलचित्र छाडेको खबर बाहिरिएको छ ।

फिल्म निर्माणकार्यका क्रममा धेरै सर्तहरु अपनाउनु पर्ने भएकोले बर्षाले सलिन संगको फिल्म छोडेको खबर छ । उनले एक बिज्ञापन गर्नकै लागि फिल्म छोडेको चर्चा छ । कारण, उनले फिल्ममा अनुबन्धित हुनु अगाबै एक बिज्ञापनको लागि सम्झौता गरिसकेकी थिइन् । तर बिज्ञापन खेल्ने भए फिल्म छोड्नु पर्ने सर्त फिल्म युनिटको भएकोले उनले फिल्म छोडेको चर्चा यतिबेला चलिरहेको छ । यस बिषयमा बर्षाले भने केही बोलेकी छैनन् ।

तपाईको प्रतिक्रिया