काठमाडौ/ किशन रेग्मी र श्रुति योगीले आवाज दिएको प्रलाद रिजालको गीत `कान्छी हे कान्छी’को सुटिङ सकिएको छ । सिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईले फिचरिङ गरेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् । सुरेन्द्र बस्याल कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई प्रकास धितालले निर्देशन गरेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले अमेरिकाको टेक्सास मै हेमन्त श्रेष्ठद्वारा सञ्चालित रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने योगीले नेपालमै रेकर्ड गरेको म्युजिक भिडियोका निर्माता उद्धव सिलवालले बताए । सिलवालले भने ‘किसनको यो पहिलो गीत भएपनि उहाँले सय प्रतिशत नै दिनुभएको छ ।’

यस डोयट गीतलाई शिशिर योगीकी छोरी श्रृतिको आवाजले पनि न्याय दिएको छ । धेरै दिनको अभ्यासपछि ललितपुरको गोदावरीमा सुटिङ गरिएको गीत सबैले रूचाउने निर्माण पक्षको विश्वास छ । यति बेलाका अत्यन्तै व्यस्त निशान घिमिरेले सम्पादक गर्ने भनिएको गीतको भिडियो बैशाख ७ गते बजारमा आउने बताईएको छ ।

तपाईको प्रतिक्रिया