इलाम । इलामको चिया खरिद गर्न विदेशी व्यपारी नेपाल आउन थालेका छन् । चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यपारी इलाम आएका छन् ।  गुणस्तरीय चिया छनौट गरी खरिद गर्न आफुहरु नेपाल आएको उनीहरुले बताए । चियाको स्वाद चाख्नुका साथै गुणस्तरीय र अर्ग्यानिक चिया खोजी गर्दै नेपाल आएको उनको भनाइ छ ।

इलाममा आयोजना भएको ‘तेस्रो चिया महोत्सव’ मा विदेशी व्यपारीहरु नेपाली चियाप्रति आकर्षित भएका हुन् । सूर्योदय – ४ श्रीअन्तुमा भएको महोत्सवमा आठ देशका १७ जना नागरिक समेत आएको चिया उद्योगीले बताएका छन् । विदेशी चिया ब्यापारी घरघरमा आएर चियाको गुणस्तर जाँच्दै लैजानुले आफुहरुमा समेत गुणस्तरीय चिया उत्पादनमा हौसला बढेको किसान तथा चिया ब्यापारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया